×

NMB BANK
NIC ASIA

त्रिवि अर्थशास्त्र विभागद्वारा पहिलोपल्ट अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना, हरेक वर्ष आयोजना हुने

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । 

Muktinath Bank

देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित शुरू भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । यी प्यानल छलफल र समानान्तर सत्रमार्फत् नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयको अर्थशास्त्र विभागले यस स्तरको सम्मेलन आयोजना गरेको नेपालमै पहिलोपल्ट हो । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारले धारणा प्रस्तुत गरेका थिए।

Vianet communication
Laxmi Bank

हरेक वर्ष असोज ४ देखि ६ गतेसम्म यस स्तरको सम्मेलन आयोजना गर्ने योजना विभागको छ ।

६३ वर्षे इतिहास बोकेको अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालयको पुरानोमध्ये एक विभाग पनि हो । 

असोज ४, २०१६ मा नेपालमा पहिलोपल्ट स्नाकोत्तर तहमा अर्थशास्त्र विषयको पढाई सुरु भएको हो ।

 सोही दिनलाई हरेक वर्ष अर्थशास्त्र दिवस मनाउन थालिएको विभाग प्रमुख अधिकारीले बताउनुभयो । र, त्यसपछिका २ दिन यस वर्ष झै विशेष कार्यक्रममार्फत् सम्मेलनको प्राविधक सत्र आयोजना हुनेछ ।

सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत् भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताए ।

“विगत सम्झँदै, वर्तमानलाई उत्सवका रुपमा लिँदै तथा भविष्य सिर्जना गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारणा अघि सार्ने निकायका रुपमा स्थापित गर्न पनि सम्मेलनले भुमिका खेल्नेछ,” अधिकारीले भने ।

सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको अधिकारीको दाबी छ ।

यस वर्षको सम्मेलन विभाग स्थापनाकालदेखि प्राध्यापक तारा पद चौधरीले निःस्वार्थ सेवामार्फत् गरेको योगदानको चर्चामार्फत् सुरु भएको थियो ।

चौधरीले विभागमा ४३ वर्ष स्वयंसेवी भुमिकामा रहेका काम गरेका थिए । सन् १९६० मा कोलम्बो प्लानको एकेडेमिक एक्स्चेन्ज प्रोग्राम अन्तर्गत नेपाल आएका चौधरीले गणित, तथ्यांकशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर पुरा गरेका थिए । पहिलो सम्मेलनमा चौधरीको विशेष सम्झना गरिएको हो ।

यस वर्षको सम्मेलनमा सम्मेलन अवधिमा देशविदेशबाट आमन्त्रित वक्ताले देश, दक्षिण एशियाली क्षेत्र र विश्वको वर्तमान आर्थिक परिवेशको चर्चा गरेका छन् ।

यो वर्षको सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतीका एजेन्डा र २१ औं शताब्दीमा दक्षिण एशियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो । 

यस्तै, म्याक्रोइकोनोमिक्स, डेभलपमेन्ट इकोनोमिक्स, श्रम अर्थतन्त्र र बजार, कृषि र वातावरण अर्थशास्त्र, कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत भइ त्यसमाथि छलफल भएको थियो ।

सम्मेलनको उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालय तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रको चर्चा र त्रिविकी डिन प्रा. डा. कुशुम शाक्यले अर्थशास्त्र विभागको विद्यमान गतिविधिबारे चर्चा गरे । 

यस्तै समापन समारोहमा विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषालले समापन मन्तव्य राख्नु भइको थियो । समारोहमा बंगलादेश, पाकिस्तान, भारत र नेपालका सहभागीहरुको सहभागिता रहेको थियो ।

यस्तो अन्तर्राष्ट्रिय सम्मेलन वार्षिक रुपमा आयोजना गर्नेगरी आगामी वर्षको असोज ४ गते उद्घाटन गरिने पनि घोषणा भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x