२२ असार २०८३, सोमबार

पल शाह प्रकरणबारे अदालतको फैसलाः रिल लाइफको क्रेजलाई दुरुपयोग गर्नुहुँदैन [पूर्णपाठसहित]

पल शाह प्रकरणबारे अदालतको फैसलाः रिल लाइफको क्रेजलाई दुरुपयोग गर्नुहुँदैन [पूर्णपाठसहित]

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ शुक्रवार सार्वजनिक भएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । अदालतले उनलाई साढे दुई वर्ष कैद सजाय र पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

पूर्णपाठमा अदालतले चलचित्रको अभिनेताले बाल कलाकारको संरक्षण गर्नुपर्नेमा उल्टै प्रेमी बनेर यौन दुरुपयोग गरेको उल्लेख गरिएको छ । त्यस्तै, रिल लाइफको क्रेजलाई दुरुपयोग गर्न नहुनेमा सजग गराइएको छ । फैसलामा भनिएको छ, ‘कानूनले नाबालिक मानेको कुरालाई उसको चन्चला र आनीबानीलाई हेरेर वयस्क उमेर हो भनी आफैले अनुमान गरी आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाईफको क्रेजलाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्नु हुँदैन ।’

त्यस्तै पूर्ण पाठमा नाबालिकाका अभिभावकले पनि जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको, एक्लै नाबालिकालाई छाडेको भन्दै जिम्मेवारीपूर्वक अभिभावकीय भूमिका निर्वाह गर्न सुझाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्