
राप्रपाको निर्वाचित केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य तथा रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छिन् । केही अघि राप्रपा परित्याग गरेकी उनी शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी हुन् ।
शुक्रबार मकवानपुरको बागमती गाउँपालिका-३ मा आयोजित एक कार्यक्रममा माझी राप्रपा नेपालमा प्रवेश गरेकी हुन् । माझीलाई थापाले पार्टीमा स्वागत गरेका थिए ।