१० साउन २०८३, आइतबार

इंग्ल्यान्डमाथि पाकिस्तानको जीत

असोज १०, २०७९
इंग्ल्यान्डमाथि पाकिस्तानको जीत

 घरेलु टोली पाकिस्तानले चौंथो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई हराएको छ ।

कराँचीमा आइतवार राति पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो ।

यस जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।

पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रन बनाए ।

बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन जोडे ।

पाकिस्तानका मोहमद नवाज र हरिस राउफले ३/३ विकेट लिए । मोहमद होस्नेनको नाममा २ विकेट रह्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ रन बनाए ।

इंग्ल्यान्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्