२० असार २०८३, शनिबार

पति परस्त्रीसँग रङ्गेहात भेटिएपछि पत्नीले चप्पलै–चप्पलले यसरी गरिन् रामधुलाइ [भिडियो]

असोज १०, २०७९
पति परस्त्रीसँग रङ्गेहात भेटिएपछि पत्नीले चप्पलै–चप्पलले यसरी गरिन् रामधुलाइ [भिडियो]

परस्त्रीसँग होटलको कोठामा रङ्गेहात भेटिएका पतिलाई चप्पलै–चप्पलले रामधुलाइ गरेको भिडियो भाइरल भएको छ ।

भारतको उत्तर प्रदेशस्थित आगरामा एक महिलाले पतिलाई होटलमा परस्त्रीसँग फेला पारेपछि हंगामा भएको छ ।

आगराको देवरी रोड निवासी दिनेश र पत्नी निलमबीच परस्त्रीसँगको सम्बन्धबारे विवाद हुने गरेको थियो । विवाद बढेर निलम माइतीघर गएकी थिइन् । तर सोमवार पति परस्त्रीसँग होटलमा रहेको सूचना निलमले पाएपछि उनी होटलमै पुगिन् र पतिलाई परस्त्रीसँग रङ्गेहात फेला पारेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रोशित निलमले चप्पलै–चप्पलले पति र परस्त्रीलाई हिर्काएकी छन् । दुवैले माफी मागे पनि उनले माफी दिएकी छैनन्, बरु प्रहरी बोलाइएको छ । प्रहरीले दिनेश र अर्की महिलालाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्