१९ असार २०८३, शुक्रबार

खानेपानीको पाइप चोरेको अभियोगमा ४ जना पक्राउ

खानेपानीको पाइप चोरेको अभियोगमा ४ जना पक्राउ

मादी गाँउपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६  वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका–८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् । 

असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका–५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्