०८ असार २०८३, सोमबार

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव फेला

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव फेला
प्रतिकात्मक तस्वीर

गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ ।

उनको शव ३८ दिनपछि फेला परेको हो । 

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन् । उनको कंकाल  बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ्रे सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

डीएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्