×

X
Nic Asia
Khukuri

फेरियो चाडपर्व मनाउने शैली, दशैंको टीका पनि ‘भर्चुअल’ माध्यमबाट

कञ्चनपुर | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दशैंको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टिका लगाउने गरिन्छ ।

LAxmi BAnk
nabil BANK inside

थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । थारु अगुवा बलवहादुर डँगौराले थारु समुदायमा परम्परा अनुसार दशैंको टीका सेतो लगाउने चलन रहे पनि अहिले रातो लगाउन थालिएको बताउँछन् । ‘हाम्रो परम्पराअनुसार दशैंमा सेतो टीका शरीरका पाँच भागमा लगाइन्छ’, उनले भने, ‘अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालेका छन् ।’


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

समय अनुसार चाडपर्व मनाउने चलन पनि फेरिँदै गएको हो । कञ्चनपुरको सुडाका हरिकृष्ण भट्टले पहिला पहिला दशैंको बेला मन्दिरमा जाने पूजाजाठ गर्ने, रातभर मन्दिरमा जाग्राम रहने र मान्यजनबाट जमरा ग्रहण गरी आशिर्वाद लिने चलन रहे पनि पछिल्लो समय दशैं केवल खानपिनमा मात्रै सीमित भएको बताए  । ‘अहिले पहिलाको भन्दा फरक तरिकाले चाडपर्व मनाउन थालिएको छ’, उनले भने, ‘उतिबेला मन्दिरमा जाने चलन थियो, अहिले घुम्न जाने, रमाइलो गर्ने, खानपीनमा बढी ध्यान दिने गरिन्छ ।’ अहिले पुस्ताले रमाइलोमा बढी ध्यान दिने गरेको उनको भनाइ छ ।

अहिले प्रविधिको विकासले पनि चाडपर्व मनाउने चलन फेरिँदै गएको स्थानीय विष्णुदत्त पन्तले बताए । ‘टाढा भए पनि प्रविधिको माध्यमले आफन्तसँगै भएको जस्तो हुन थालेको छ’, उनले भने, ‘इन्टरनेटको प्रयोगले विदेशमा रहेकाहरु ‘भर्चुअल’ माध्यमबाट टीका लगाएर खुशीयाली मनाउने तथा आशिर्वाद लिने गरेका छन् ।’ रासस


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १२, २०७९

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती सोमवार बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।  आइतवार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिह...

मंसिर १२, २०७९

पर्यटन प्रबद्र्धनका लागि मंसिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रबद्र्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्स...

मंसिर १४, २०७९

भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक...

मंसिर १२, २०७९

सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत सोमवार जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । सोमवार रंगभूमि मैदान (बाह्रविघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभि...

मंसिर ९, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्ब...

मंसिर १२, २०७९

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमवार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दि...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x