१४ असार २०८३, आइतबार

नारायणी नदीको बहाव सतर्कता तह नजिक, साँझसम्म सुरक्षित रहन अपिल

नारायणी नदीको बहाव सतर्कता तह नजिक, साँझसम्म सुरक्षित रहन अपिल

बिहीवार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ । 

बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको बिहीवार बिहान जानकारी दिएको हो । 

सो जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ । 

जलाधारमा थप बर्षा हुने पूर्वानुमान रहेको समेत महाशाखाले जनाएको छ ।

चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज साँझसम्म उच्च  सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्