२८ असार २०८३, आइतबार

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । 

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधवार खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव बिहीवार बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्