२१ असार २०८३, आइतबार

नेपाली सेनालाई केका लागि चाहियो ७१ राँगा र १७६ बोका ?

कात्तिक २०, २०७४
नेपाली सेनालाई केका लागि चाहियो ७१ राँगा र १७६ बोका ?

काठमाडौं, २० साउन– नेपाली सेनाले ७१ रांगा र १७६ बोका खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

सेनाको सैनिक सामग्री प्राप्ती निर्देशनालय अन्तर्गतको संभाररथी विभागले रांगा र बोका खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

सेनाले रांगा र बोका खरिदका लागि आह्वान गरेको बोलपत्र शुक्रबारको गोरखापत्रमा प्रकाशित छ ।

किन चाहियो बोका र राँगा ?

नेपाली सेनाले यस वर्षको बडा दशैंका लागि रांगा र बोका खरिद गर्न लागेको हो । सेनाले हरेक वर्षको दशैंमा सैनिक मूख्यालय जङ्गीअड्डासहित देशभरका पृतनामा रांगा तथा बोकाको बली चढाउने गर्छ । यस्तै देशभरका प्रमुख शक्तिपीठमा पनि नेपाली सेनाको तर्फबाट रांगा तथा बोकाको बली चढाउने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्