
हराएको मान्छे पाइने आश कति वर्षसम्म रहन्छ होला ? २ वर्ष, ४ वर्ष, ६ वर्ष ?
तर जापानका ६५ वर्षीय यासुओ तकामात्सु पत्नी हराएको ११ वर्षसम्म खोजी गरिरहेका छन् । सन् २०११ मा आएको सुनामीमा उनकी पत्नी यूको बेपत्ता भएकी थिइन् । पत्नीलाई धेरै प्रेम गर्ने यासुओले त्यसपछि लगातार पत्नीलाई खोजिरहेका छन् तर भेट्टाएका छैनन् ।
उनले भने, ‘जबसम्म शरीर चल्छ, तबसम्म पत्नी खोज्ने प्रयास जारी राख्छु ।’ यूको बेपत्ता भएको क्षेत्रमा त्यसअघि पनि भूकम्पको विपत्ति आएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ११ वर्ष पूरा भए पनि यासुओको हौसला कम भएको छैन । उनी हरेक हप्ता समुद्रभित्र गएर पनि पत्नीलाई खोज्छन् । उनी पत्नीको मृत शरीर भए पनि भेट्टाउन चाहन्छन् ।