०४ साउन २०८३, सोमबार

म्याग्दीमा यातायात सेवा ठप्प

म्याग्दीमा यातायात सेवा ठप्प

म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प भएको छ । जिल्ला सदरमुकाम बेनी बजारदेखि छिमेकी मुस्ताङ जोड्ने बेनी–जोमसोम, बेनी–दरबाङलगायत म्याग्दीका मुख्य र सहायक सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । 

वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध बनेका बेनी–दरबाङ सडकका सवारी चालक दिल शेरपुञ्जाले बताए । जलेश्वर, बैसरी, नौनीबगर, जलथले, गुइँठे, रुप्से र काभ्रेभिरको सडकका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटकलाई पनि समस्या भएको छ । 

विगतका वर्षमा दसैँलगत्तै मुस्ताङ घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । यसपाली सुनसान छ । आएकालाई मुस्ताङ पुग्न र फर्कन सास्ती भएको छ । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक फापरखेत, सिम र बांगे पहिरोमा अवरुद्ध भएको छ । 

दशैं मनाउन जन्मथलो पुगेका कार्यक्षेत्र फर्कन र आफन्त तथा माञ्यजनबाट टीका आर्शिवाद लिन हिँडेका गन्तव्यमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बिरामीलाई पिठ्यँु र डोकामा बोकेर अस्पताल पु¥याउनुपरेको मालिका–२ रुमका टेकबहादुर रसाइलीले बताए । 

ठाउँठाउँमा गाडी परिवर्तन गर्न र तोकिएकोभन्दा महँगो भाडा तिर्नुपरेको मालिका गाउँपालिका–७ बिमकी सुभद्रा पौडेलले बताए । ‘ढुङ्गा खसिरहने पहिरो पार र चार वडा गाडी परिवर्तन गरेर बेनी आइपुगियो’, उनले भने, ‘यसपालिको दशैं मनाएर कार्यक्षेत्रमा फर्कन धेरै कष्ट भयो ।’

सामान्य अवस्थामा दुई घण्टा लाग्ने ठाउँमा पुग्न पूरै दिन हिँड्नुपरेको र प्रतिव्यक्ति रु पाँच सय भाडा लाग्ने गरेकामा रु एक हजारभन्दा बढी तिर्नुपरेको यात्रुले गुनासो गरेका छ । असोज १९ गतेदेखि सुरु भएको झरी आज दिउँसोमात्र रोकिएको छ । झरी रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले डोजर परिचालन गरेर सडक मर्मत थालेको जनाएका छन् । 

यसैबीच म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा अवरुद्ध भएको विद्युत् सेवा पाँच दिनपछि शनिवारदेखि सञ्चालन भएको छ । पहिरो र रुख ढलेर अवरुद्ध भएको विद्युत् लाइन मर्मत गरेर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् अभावमा ग्रामीण क्षेत्रमा फोन सेवा अवरुद्ध भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्