३१ जेठ २०८३, आइतबार

बाढीले जब्दीघाटको पुल बगाउँदा आवागमन बन्द

बाढीले जब्दीघाटको पुल बगाउँदा आवागमन बन्द

मंगलवारदेखि परेको अविरल वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाटमा निर्मित पक्की पुल बाढीले बगाएको छ । सो पक्की पुल बाढीले बगाउँदा दुई पालिका बीचको आवागमन अवरुद्ध भएको छ ।  

पाँच वर्षअघि बबई नदीको बाढीले क्षति पुर्‍याएको पुल क्षतिग्रस्त र जोखिमयुक्त भए पनि दुई पालिकालाई छोटो दूरीका रुपमा साइकल, मोटरसाइकललगायत सवारीसाधन तथा मानवीय आवागमनमा सहजता पुर्‍याइरहेको थियो ।  

विपद् व्यवस्थापन समितिको बैठक बसी सडक विभागलाई पुल मर्मत गरी सञ्चालनमा ल्याइदिन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । पुल पूर्णरुपमा क्षति भएपछि दुई पालिकाको दूरी बढेको छ । नदीमा पुनः डुंगा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । पुल बगेपछि स्थानीय चिन्तित भएका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्