२० असार २०८३, शनिबार

टिकट पाउने लोभमा लोसपा छोडी एमाले प्रवेश गरेका झाले दिए स्वतन्त्र उम्मेदवारी

टिकट पाउने लोभमा लोसपा छोडी एमाले प्रवेश गरेका झाले दिए स्वतन्त्र उम्मेदवारी

टिकट पाउने लोभमा नेकपा एमाले प्रवेश गरेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सुनिल झा ‘रोहित’लाई एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । मधेश प्रदेश सभाका लागि महोत्तरी–३(२) मा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसअघि उनको श्रीमती अलका झालाई साविकको राजपाले मधेश प्रदेश सभामा समानुपातिक सांसद बनाएको थियो । केहीदिन अघि मात्र उनले लोसपा परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनले एमाले प्रवेश गरेका थिए । तर, एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्