
दाङको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेलविरुद्ध सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले उम्मेदवारी दर्ता गरेकी छन् ।
गत निर्वाचनमा सो क्षेत्रबाट माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा निर्वाचित भएका थिए । महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि शर्मालाई उम्मेदवार बनाइएको हो ।
गत निर्वाचनमा एमाले महासचिव पोखरेल प्रदेशसभामा निर्वाचित भई लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका थिए ।