
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेको चुनाव चिह्न 'सूर्य'बाट चुनाव लड्ने गरी उनले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी मनोनयन दर्ता गराएपछि अध्यक्ष थापाले एमालेको लोकप्रिय चिन्ह 'सूर्य'बाट चुनाव लडन पाउँदा खुसी लागेको बताएका छन् ।
उनी एमालेको सहयोगमा सो क्षेत्रबाट चुनावमा उठेका हुन् ।
देश र जनताको हितमा ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा (एमाले)को सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु।नेकपा (एमाले)को लोकप्रिय चिन्ह 'सूर्य'बाट चुनाव लडन पाउँदा खुसी लागेको छ।सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु pic.twitter.com/rXAp2fuk8V
— Kamal Thapa (@KTnepal) October 9, 2022