३१ असार २०८३, बुधबार

भरतपुर अपडेटः मध्यरातमै च्यातिएको थियो मतपत्र, मध्यरातमै सुरु भयो पुनः मतगणना

कात्तिक २०, २०७४
भरतपुर अपडेटः  मध्यरातमै च्यातिएको थियो मतपत्र, मध्यरातमै सुरु भयो पुनः मतगणना
भरतपुर, २० साउन— भरतपुर महानगरपालिका बडा नम्बर १९ को शुक्रबार पुनःमतदान सम्पन्न भएसँगै रातीदेखि नै मतगणना सुरु गरिएको छ ।renu devi

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलसँगको सहमतिपश्चात् राती साढे ११ बजेदेखि भरतपुरस्थित जिल्ला समन्वय समिति नजिक रहेको जिल्ला कराँते कवर्डहलमा मतगणना सुरु गरिएको हो ।  ४ ओटा समूह बनाएर मतगणना गर्न  सुरु गरिएको हो भने गणना रातभर जारी रहनेछ । 

मतगणनाका क्रममा कुनै समस्या नआओस् भनेर मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । 

मध्यरातमै च्यातिएको थियो मतपत्र
आज मध्यरातदेखि मतगणना सुरु हुँदै गर्दा एउटा संयोग परेको छ । भरतपुर १९ को मतगणना चल्दै गर्दा गत जेठ १४ गते मध्यरातमै मतपत्र च्यातिएको थियो ।

मतपत्र च्यातिनुअघि सार्वजनिक गरिएको मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएकी थिइन् ।
७३३ मतले ज्ञवाली अघि रहेको अवस्थामा मतपत्र च्यातिएको हो । रेणु दाहाललाई मेयरमा कांग्रेसको समर्थन रहेको छ ।
बैशाख ३१ को निर्वाचनमा १९ वडामा दुई हजार ८ सय ९७ मत खसेकामा जेठ १४ गते रातीसम्म एक हजार ८ सय ९ मत गणना भइसकेको थियो । हजार ८ सय ९ मत गणना गर्दा दाहालको ५१ मत बढी थियो ।
त्यसबेला वडा नम्वर १९ मा १ हजार ८८ मत गन्न बाँकी थियो भने भरतपुर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै थियो ।
रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा परिणाम घोषणा गर्ने तयारी रहेको भरतपुरको मतगणना एकाएक मतपत्र च्यातिएपछि रोकिन पुगेको थियो ।

यसरी भयो पुनः मतदान
लामो विवाद र अन्योलपछि शुक्रबार भरतपुर महानगरपालिकाका १९ नम्बर बडाको निर्वाचन भएको हो । दलीय विवादले गत जेठ १४ गते मध्यराती ९० मतपत्र च्यातिएपछि रोकिएको भरतपुर १९ को मतदान सर्वोच्चको आइतबारको फैसलासँगै बुधबार भएको हो ।
सर्वोच्चले भरतपुर १९ को विवादबारे निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै पुनः मतदान गर्ने फैसला गरेको थियो । सोसँगै आयोगको निर्देशनबमोजिम निर्वाचन अधिकृतको कार्यालयले दलीय परामर्शको आधारमा आजको लागि मतदानको मिति तय गरेको थियो ।
भरतपुर महानगरको मेयरमा एमालेका देबी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी मैदानमा छन् । आजको मतदानमा बैशाख ३१ को भन्दा २७ मत कम खसेको थियो । भोलिसम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्