×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

प्रभु साहको नाटकीय 'मुभ'को अर्थ : एमालेको टिकट गोजीमा राखेर किन दिए स्वतन्त्र उम्मेदवारी ?

असोज २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका नेता प्रभु साहले एमालेको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि एमालेका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएका छन्।

Muktinath Bank

रौतहट- ३ का निवर्तमान सांसद समेत रहेका साहले एमालेबाट आधिकारिक टिकट पाएपनि पार्टीको टिकटबाट चुनाव लड्नुको साटो स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साहको विकल्पमा एमालेले अन्य स्वतन्त्र उम्मेदवारमध्ये कुनै एकलाई पार्टीको आधिकारिक उम्मेदवार बनाउने प्रयत्न गरिरहेको छ ।  


Advertisment
Nabil box
Kumari

एमाले रौतहटका सहसचिव रुपेश पटेलका अनुसार साहले काठमाडौंबाट जिल्लाका सबै उम्मेदवारहरूको टिकट लिएर रौतहट आएपछि दिनभरी सबै उम्मेदवारहरूको टिकट होल्ड गरेका थिए।

Vianet communication
Laxmi Bank

'कुनै पनि उम्मेदवारको टिकट उहाँले दिन नमानेपछि अन्य उम्मेदवारहरूले केन्द्रीय कार्यालयबाट इमेलमार्फत आधिकारिक टिकट झिकाएर मनोनयन दर्ता गरेका थिए,' पटेलले लोकान्तरसँग भने, 'अन्तिममा ४ बजेतिर रौतहट- ३ का लागि उहाँ आफैं पनि  एमालेकै पार्टीको झण्डा, ब्यानर तथा जुलुसको नेतृत्व गर्दै निर्वाचन अधिकृतको कार्यालयमा जानुभयो। तर पछि उहाँले सूर्य छापको साटो स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गराउनुभयो ।'

साहले आफूसँगै प्रदेश सभा रौतहट-३ (२) का लागि एमालेका आधिकारिक उम्मेदवार कुन्दन कुशवाहालाई पनि स्वतन्त्रबाट उम्मेदवारी दिन लगाएको पटेलको कथन छ ।

त्यसबाहेक गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका रौतहट ३(१) उम्मेदवार पूजा चौधरीविरुद्ध पनि उनले केशव चौधरीलाई स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्न लगाएको उनको आरोप छ ।

स्वतन्त्र उम्मेदवारलाई एमालेको आधिकारिक बनाउने प्रयास 

साहले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले नयाँ स्वतन्त्र उम्मेदवारलाई नेकपा एमालेको आधिकारिक उम्मेदवार बनाउन चाहेको छ । 'धेरैजसो स्वतन्त्र उम्मेदवारहरूले आफूलाई एमालेको आधिकारिक उम्मेदवार बनाइदिनुस् भनेर भनिरहनुभएको छ,' पटेलले लोकान्तरसँग भने, 'तर, त्यसमध्ये साहलाई हराउन सक्ने वा निकटम् प्रतिद्वन्द्वी हुनसक्ने स्वतन्त्र उम्मेदवारको खोजीमा छौं। छिट्टै त्यस विषयमा हामीले निर्णय गर्छौं ।'

प्रभु साहले एमाले प्रवेश गराएका अन्य नेताहरूलाई पार्टीले टिकट नदिएका कारण एमाले छोडेर स्वतन्त्रबाट लड्न बाध्य भएको उनी निकट कार्यकर्ताहरू बताउँछन् । तर, प्रभु साहले भने नेकपा एमालेले जसपासँग चुनावी तालमेल गरेका कारण स्वतन्त्र लडेको बताए ।

'जसपा साम्प्रदायिक पार्टी हो । भ्रष्टाचारका कारण त्यो पार्टी मधेशमा बदनाम छ । त्यसबाहेक उक्त पार्टी चरम अवसरवादी पार्टी हो, देशलाई नै अस्थिर बनाइदिने पार्टी हो,' साहले लोकान्तरसँग भने, 'जसपासँग तालमेल गर्ने एमालेको कुनै एजेन्डा नै थिएन । तर एमाले नेता रघुवीर महासेठको लहडका कारण पार्टीले जसपासँग चुनावी तालमेल गरेका कारण हामीले मधेशभर जसपाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छौं ।'

राष्ट्रवादी पार्टी भएकाले आफू एमालेमा आवद्ध भएको तर, जसपा र लोसपासँग तालमेलको प्रयास गरेदेखि नै विरोध गर्दै आएको उनले उल्लेख गरेका छन् ।

'मधेशमा एमालेको हैसियत २५ % छ र जसपाको १५ % हैसियत छ, तर मधेशमा ५०/५०% को आधारमा भागबण्डा गरियो,' साहले लोकान्तरसँग थपे, 'जबकि तालमेल गर्ने भनेर एमालेको कुनै संस्थागत निर्णय नै थिएन । रघुवीर महासेठको निजी स्वार्थमा मधेशमा पार्टीलाई जसपाको जिम्मा लगाउने कार्य गरिएकाले स्वतन्त्र उम्मेदवारी दिएको हो ।'

आफूले पहिलेदेखि नै मधेशभर जसपाविरुद्ध आफ्नो उम्मेदवार उठाउने भनेर भनिसकेको र त्यसै आधारमा उम्मेदवारी पनि दिइसकेपछि एमालेको टिकटमा आफूले उम्मेदवारी दिन नैतिकताले पनि नमानेको उनी बताउँछन् ।

'हामीले मधेशभर जसपाविरुद्ध उम्मेदवारी दिएका छौं, नेकपा एमालेको एक तप्का र मधेशका जनता हाम्रो साथमा छ,' उनले थपे, 'जनताको विजय नै प्रभु साहको विजय हुनेछ ।'

यता नेकपा एमालेले प्रभु साह, जिल्ला अध्यक्ष अमर साहसहित ५० भन्दा बढी नेता तथा २ सय जति संगठित सदस्यलाई कारवाही गर्ने तयारी गरेको छ ।

प्रभु साहले यसअघि पनि मधेशमा समानान्तर पार्टी बनाउने प्रयास गरेका थिए ।

माओवादीबाट चुनाव लड्न खोजेका थिए,तर रोकिए

साह आफ्नो उम्मेदवारी मनोनयन गराउनु अघिसम्म माओवादी केन्द्रसँग निरन्तर संवादमा थिए ।

पटेलका अनुसार साह नेकपा एमालेबाट चुनाव नलडी सत्ता गठबन्धनका तर्फबाट माओवादीको आधिकारिक उम्मेदवार हुन खोजेका थिए ।

'माओवादी अध्यक्ष प्रचण्डले साहलाई माओवादीको आधिकारिक टिकट दिन तयार पनि भइसकेका थिए, तर जनार्दन शर्मा लगायतका नेताहरूले नमानेपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभयो,' पटेलले लोकान्तरसँग भने।

स्वतन्त्रबाट जितेर मन्त्री बन्ने दाउ!

स्वतन्त्रबाट चुनाव जितेपछि भविष्यमा मन्त्री पदका लागि सौदेबाजी गर्ने उनको रणनीति रहेको एमालेका अर्का एक नेताले खुलाए।

'मंसिर ४ पछि एमालेको सरकार बन्न सक्ने अवस्था नदेखेर नै उहाँले एमाले छाडेको हो,' एमालेका ती नेताले लोकान्तरसँग भने, 'भोलि चुनाव जितेर गएपछि जसले मन्त्री दिन्छ, त्यही पार्टीमा जानसक्ने सम्भवनालाई दृष्टिगत गरेर रणनीति तहत नै उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।'

साह मधेशका अत्यन्त प्रभावशाली नेताको रूपमा चिनिन्छन् । २०६४ सालदेखि हालसम्म उनी लगातार सांसद छन् ।

२०६४ सालको पहिलो संविधानसभा, २०७० सालको दोस्रो संविधानसभा, २०७४ सालको प्रतिनिधिसभामा उनी प्रत्यक्ष चुनावमा जित्दै आएका छन् । जनयुद्धकालदेखि नै नेकपा माओवादी केन्द्रमा लागेका साह पछिल्लो समय नेकपा विभाजन हुँदा माओवादी छाडेर उनले एमाले रोजेका थिए।

एमाले रोज्दा उनको सांसद पद गुमेको थियो। माओवादी हुँदा पटक–पटक मन्त्री भएका साहले मन्त्री बन्न पाउने लोभमा एमाले रोजेको माओवादी नेताहरूले त्यतिबेला आरोप लगाएका थिए ।

अहिले स्वतन्त्र उम्मेदवार बनेर साह रौतहटमा आफ्नो दबदबा पुष्टि गर्ने रणनीतिमा छन् । 

प्रभु साहकी मेयर श्रीमती भन्छिन्, 'म एमालेमै छु'

२०७९ वैशाख ३० गते सम्पन्न भएको  स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकामा उनकी श्रीमती रिनाकुमारी साह नेकपा एमालेबाटै प्रमुखमा निर्वाचित भएकी छन्।

२०७० सालको स्थानीय तहमा माओवादीबाट निर्वाचित भएकी उनी २०७९ मा एमालेबाट प्रमुखमा दोहोरिएकी छन् ।

रीना भने आफ्नो श्रीमानले स्वतन्त्रबाट लडे पनि आफू भने एमालेमै रहेको बताउँछिन् । 'प्रभु साहले एमालेबाट किन चुनाव लड्नु भएन, स्वतन्त्रबाट किन चुनाव लड्नुभयो, त्यस विषयमा मलाई केही पनि जानकारी छैन,' साहले लोकान्तरसँग भनिन्, 'त्यस विषयमा उहाँलाई नै थाहा होला । तर, म अहिले पनि एमालेमै छु ।'

त्यसो भए आफ्नो श्रीमानका लागि भोट माग्न तथा प्रचारप्रसारमा नजाने भन्ने विषयमा समेत उनले केही जवाफ दिन मानिनन् ।

आफ्नो मेयरको पद जोगाउनका लागि एमालेमा छु भनेर त भन्नुभएको होइन भन्ने प्रश्नमा उनले हाँस्दै भनिन्, 'त्यस विषयमा अहिले म केही पनि भन्दिनँ । पछि सोचेर, सल्लाह गरेर भन्छु ।'

प्रभु साहको टिकट

साहले एमालेविरुद्ध उम्मेदवारी दिएपछि उनको श्रीमतीको पद धरापमा परेको छ । नेकपा एमालेले उनलाई कारवाही गरेर हटाउन सक्ने र त्यहाँ फेरि उपनिर्वाचन हुनसक्ने सम्भावना बढेको छ।

पटेलका अनुसार साहले गत स्थानीय निर्वाचनमा रौतहटको १८ स्थानीय तहमध्ये १४ देखि १६ स्थानीय तह जिताउँछु भन्दै केन्द्रबाट आफ्ना मानिसलाई मात्र टिकट दिन लगाएका थिए, जसमध्ये मौलापुर नगरपालिकामा उनकी श्रीमती रीना साह र देवाही गोनाही नगरपालिकामा प्रेमलाल साह मात्र विजयी भए ।

'प्रभूजीले एमालेका पुराना नेता तथा कार्यकर्तालाई टिकट दिनबाट बञ्चित गर्दै आफ्ना मान्छेलाई मात्र १८ वटै पालिकामा टिकट दिनुभयो । तर, दुई पालिकाबाहेक अन्य पालिकामा वडाध्यक्ष समेत जिताउन सक्नुभएन,' पटेलले थपे, 'त्यसकारण उहाँसँग एमालेका पुराना नेता तथा कार्यकर्ताहरू असन्तुष्ट छन् । असन्तुष्ट नेता कार्यकर्ताले चुनाव हराइदेलान् कि भन्ने डरले पनि उहाँले एमाले छाड्नुभएको हो ।'

साह जातिवादी नेता रहेको पटेलको आरोप छ। साह तेली जातिका हुन्। उनले जहिले पनि अवसर तेली जातिलाई मात्र दिएको आरोप पटेलले लगाए । प्रतिनिधिसभामा एमालेबाट समानुपातिकतर्फ उनले आफ्नै जातिका उपेन्द्र साह, विनय साह, चन्दन साह र प्रदेश सभामा बबिता साहलाई सिफारिश गरेको उनले खुलाए ।​

माओवादी र पूर्व माओवादीबीच भिडन्त

उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धीरज पटेल प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार छन्। हाल उनी माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।

पुरानो माओवादी नेता भएपनि २०७४ सालमा माओवादीले प्रभु साहकी श्रीमती रीना कुमारी साहलाई मौलापुर नगरपालिकाको टिकट दिएपछि पटेल संघीय समाजवादी पार्टीबाट सोही नगरपालिकामा मेयर पदमा लडेका थिए ।

प्रभु साहकी श्रीमती जितेपछि उनले पराजय भोग्नु परेको थियो। पछि फेरि नेकपा माओवादी केन्द्रमा फर्किएका पटेललाई माओवादीले गठबन्धनको आधिकारिक उम्मेदवार बनाएको छ।

प्रदेशसभा तर्फ ३ (२) मा नेपाली कांग्रेसका रौतहट सभापति जितेन्द्र यादव र ३(१) मा नेकपा एकीकृत समाजवादीबाट हालका मधेश प्रदेशका वन राज्यमन्त्री नागेन्द्र यादव उम्मेदवार छन्।

अब उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी, स्वतन्त्रबाट प्रभु साहको पूर्व माओवादी खेमा र स्वतन्त्रसहित नेकपा एमाले र जसपा गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x