गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका भुवनेश्वर अर्यालले प्रचारप्रसार थालेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको राजनीति गरेका अर्यालले अहिले लौरो चिह्नबाट उम्मेदवारी दिएका हुन् ।
अर्याल गुल्मीको रुरुक्षेत्र गाउँपालिका– २ का बासिन्दा हुन् ।
अर्यालले विगतमा पूर्व गृहमन्त्री वामदेव गौतम र युवराज ज्ञवालीको स्वकीय सचिव भएर काम गरेका थिए ।
गुल्मी– १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता चन्द्र भण्डारी र नेकपा एमालेबाट प्रदीप ज्ञवाली उम्मेदवार छन् ।
ठूला पार्टीका नेताहरूले काम नगरेकाले आफूले उम्मेदवारी दिएको अर्यालले बताएका छन् ।