
नेकपा माओवादी केन्द्रले चुनावी कार्यक्रममा चुनावी गठबन्धनमा रहेका दलहरूलाई समान हैसियतमा सहभागी गराउन पार्टीका निकायहरूलाई निर्देशन दिएको छ । आइतवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै चुनावी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी केन्द्रको एउटै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा रहेको कुरालाई गम्भिरतापूर्वक लिन भन्दै प्रचण्डले पार्टीका निकायहरूमा निर्देशन जारी गरेका हुन् । जिल्ला र स्थानीय तहमा दुवै पार्टीको नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि निर्देशन दिएका छन् ।
त्यसैगरी, गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुवै पार्टीको प्रतिनिधित्व हुने गरी सहभागी हुन पनि प्रचण्डको निर्देशनमा उल्लेख छ ।