२४ असार २०८३, बुधबार

अपराध नियन्त्रणका लागि प्रहरीले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ : गृहमन्त्री खाण

अपराध नियन्त्रणका लागि प्रहरीले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ : गृहमन्त्री खाण
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणले बर्सेनि अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् । सोमवार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताए । 

विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरूको प्रयोग गरी अपराधिक गतिविधिहरू हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए । गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताए । उनले नेपाल प्रहरीका जवानहरूको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरे । 

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

गृहमन्त्री खाणले गत वर्ष सरकारले प्रहरी जवानहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मद्दत पुगेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्