२९ असार २०८३, सोमबार

राष्ट्रिय खेलकुदको समापनमा पोखरामा विशेष बिदा

कात्तिक ३, २०७९
राष्ट्रिय खेलकुदको समापनमा पोखरामा विशेष बिदा

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष बिदा दिएको छ । महानगरले  एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।

महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्