युक्रेन सरकारले नागरिकहरूलाई आफ्नै हतियारमार्फत रुसी ड्रोनहरू खसाउन प्रेरित गर्न थालेको छ ।
ड्रोन देखिएपछि आश्रयस्थलमा नगएर त्यसमाथि आक्रमण गर्न आह्वान गरेर युक्रेनी अधिकारीहरूले सर्वसाधारणको ज्यान जोखिममा पारेका छन् ।
रुसी ड्रोनले आवासीय भवनमा प्रहार गर्नुमा आफू जिम्मेवार रहेको एक युक्रेनी सैनिकले स्वीकार गरे ।
रुसी ड्रोनहरूको तस्वीर अप्लोड गरी सेनालाई त्यसका विषयमा सतर्क तुल्याउनका लागि युक्रेन सरकारले एउटा याप पनि सार्वजनिक गरेको छ ।
यस्तो कदमबाट युक्रेनको हवाई प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विफल भइसकेको देखिने सीआईएका पूर्व विश्लेषक ल्यारी जोनसनले रुसी टीभी आरटीलाई बताए ।