०३ असार २०८३, बुधबार

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा, कति छ मूल्य ?

कात्तिक ४, २०७९
बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा, कति छ मूल्य ?

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ ।

हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्स युक्त स्पोर्टी लुक भएको मोटरबाइक रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको बताए । 

उनले  ७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको समेत सुनाए । 

उनले भने,‘पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन् ।’

पल्सर एन २५०

मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ ।

यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । 

नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ । 

अगाडिदेखि पछाडि सम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ । 

साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ ।

त्यस्तै एन्जिन कभरमा प्रयोग गरिएको डिप कपर ले यसलाई झनै आकर्षक देखाएको छ ।  

सबैभन्दा शक्तिशाली १५० सिसी देखि लिएर एन एस २०० को पावर सम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । 

साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधा जनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउँछ । 

पल्सर एन् १६० 

पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ जुन योभन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन ।

साथै यसमा १६५ सीसी बीएस६ इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् ।

यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

स्पोर्टी लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास गरिएको कम्पनीले जनाएको छ । 

यसमा बिएए भिआई कम्प्लाएन्ट १६५ सीसीको इन्जिन प्रयोग गरिएको छ । 

यसले ८७५० आरपिएममा १६ पिएसको पावर र ६७५० को आरपिएममा १४.६५ एनएमको टर्क निकाल्न सक्छ । 

सुधारिएको पिकअपको लागि ८५ प्रतिशत सम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ ।

यसले ४ भल्भ एन्जिन भएको पल्सर एनएस १६० सीसीभन्दा १.२ बिएचपी कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ । 

मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ । 

यसको डुअल च्यानल एबिएस भर्सन ब्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ । 

यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ ।

साथै यसमा यु ईशा् बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि रहेको छ ।

नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश ४ लाख ८९ हजार ९ सय रुपैयाँ र ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्