०६ साउन २०८३, बुधबार

कार्तिक १८ बाट उम्मेदवारहरूले र्‍याली, गोष्ठीलगायत प्रचारका कार्य गर्न पाउने

कात्तिक ६, २०७९
कार्तिक १८ बाट उम्मेदवारहरूले र्‍याली, गोष्ठीलगायत प्रचारका कार्य गर्न पाउने

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् । आइतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

आयुक्त भण्डारीले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनारलगायतका प्रचारबाजी गर्न नहुने बताए । उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमा भित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताए । 

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए । उनले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए । 

‘कार्तिक ६ गतेदेखि १७ गतेसम्मको अवधि भनेको प्रत्येक उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रम रहेको अवस्था विद्यमान हो । १८ देखि मंसिर २ गतेसम्म १७ दिनको समय भनेको हरेक प्रतिनिधित्व गर्न चाहने प्रतिनिधि जो उम्मेदवारी दिएर प्रतिनिधित्व गर्न घरदैलो गरिरहनुभएको छ । उहाँहरुले कोण सभा, आम सभा, ¥याली, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु गरेर निर्वाचन प्रचारप्रसार गर्न सक्नुहुन्छ । २ देखि ४ गतेसम्मको अवधि भनेको पेचिलो अवधि हुन्छ । मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा मौन अवधि भनेर हामीले देखेनौँ’, आयुक्त भण्डारीले भने, ‘यो भन्दा अघि धेरै पटक मौन अवधि भनेर राखिँदो रहेछ । संविधान, ऐन र नियमले नदेखेको नचिनेको मौन अवधि भनेर भन्ने त्यो शब्दान्तर गरेर राखेको शब्दलाई हामीले हटाएर, हामी आफैँ अहिले मौन बसेको अवधि हो । ४ गते निर्वाचन हुँदैछ । त्यसपछि एक हप्ताको समय मत गणना र घोषणा हुन्छ ।’

आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्