०६ साउन २०८३, बुधबार

पाटन क्याम्पसका शिक्षक कांग्रेसको सचिव भएको उजुरीमा आयोगले सोध्यो स्पष्टीकरण

कात्तिक ७, २०७९
पाटन क्याम्पसका शिक्षक कांग्रेसको सचिव भएको उजुरीमा आयोगले सोध्यो स्पष्टीकरण
प्रतिकात्मक तस्वीर

आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई नेपाली कांग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन सक्दैन ।

आचारसंहिताको दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने व्यवस्थाअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

पर्वत जिल्ला निर्वाचन कार्यालयले कुस्मास्थित शिवालय माविका शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । अधिकारीले गत असोज २२ गते आफ्नो फेसबूक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले निर्देशन दिइएको हो । निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार किन कारबाही नगर्नु पर्ने हो भनी आयोगले स्पष्टीकरण सोधेको छ ।

salt training

कमेन्ट गर्नुहोस्