१२ असार २०८३, शुक्रबार

सूर्यग्रहणको समयमा भुलेर पनि नगर्नुहोस् यी काम

कात्तिक ८, २०७९
सूर्यग्रहणको समयमा भुलेर पनि नगर्नुहोस् यी काम
प्रतीकात्मक तस्वीर

आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्दैछ ।

ग्रहणले आज अपराह्न ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

करीब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ ।
 
शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ : ४५ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । 

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नहुन्छ ।

 - सूर्यग्रहणको समयमा कुनै पनि कुरा खाँदा नकारात्मक असर पर्छ। यस्तो अवस्थामा यो समयमा पकाएको खाना खान निषेध गरिएको छ। यस अवधिमा काट्ने र बोक्ने कामलाई पनि वर्जित मानिन्छ।

 - ग्रहणको समयमा नकारात्मकता बढ्छ भन्ने विश्वास गरिन्छ । यस्तो अवस्थामा यस अवधिमा कुनै पनि काम सुरु गर्न वा माग गर्ने काम गर्नु हुँदैन। 

 - यसबाहेक ग्रहणको समयमा नङ र कपाल काट्नु हुँदैन। 

salt training

कमेन्ट गर्नुहोस्