
टी–२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको छ । बुधबार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर सनसनी मच्चाएको हो । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको हो ।
यसअघि अप्रत्यासित नतिजाका साथ दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिइसकेको छ ।