२२ असार २०८३, सोमबार

यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

कात्तिक १०, २०७९
यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान  देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ।   

यस्तै दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तर, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यस्तै राति पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै  प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्