२२ असार २०८३, सोमबार

हेटौंडाका पत्रकार कौशल पाण्डेको निधन

कात्तिक ११, २०७९
हेटौंडाका पत्रकार कौशल पाण्डेको निधन

हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । 

हेटौंडा- ४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो ।

लिभर सिरोसिसको कारण केही महिनाअघि उनको शल्यक्रिया गरिएको थियो । 

उनको पार्थिव शरीर आज (शुक्रवार) अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् ।

पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । 

क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।

हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्