२५ जेठ २०८३, सोमबार

आरुघाट पुगेर प्रचण्डले सम्झिए अध्यापन गरेको क्षण

कात्तिक १२, २०७९
आरुघाट पुगेर प्रचण्डले सम्झिए अध्यापन गरेको क्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको आरुघाटमा आफूले अध्यापन गरेको क्षण सम्झिएका छन् । शुक्रवार साँझ आरुघाट पुगेका प्रचण्डले आफूले ४६ वर्ष पहिले आरुघाटमा शिक्षक भई अध्यापन गराउँदाको क्षण सम्झिएका हुन् । 

आफूले ४६ वर्षपहिले आरुघाटमा व्यवसायिक शिक्षक भई काम गरे पनि आज पनि सम्झना उस्तै ताजा रहेको बताए । उनले शिक्षकका रुपमा काम गरिरहँदा आरुघाटका बासिन्दाले अपार माया र सद्भाव दिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले, आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको पनि बताएका छन् । 

‘आरुघाटका बासिन्दा तपाईंहरूले जस्तो माया, प्रेम र विश्वास दिनुभयो, मैले आरुघाट सम्झिरहने कारण त्यो पनि हो । मैले जीवनको फक्रदो समय आरुघाटमा तपाईंहरूको बीचमा बिताएको हुँ । मैले राजनीतिमा जे गरे, तपाईंहरूकै व्यवहारबाट प्रेरणा लिएको हुँ । मैले व्यवसायिक शिक्षकको हिसाबले किसानहरूको हितमा जे गरे, त्यसबाट पनि मैले प्रेरणा लिएको हुँ’, प्रचण्डले भने, ‘यहाँका सबैले मलाई आत्मिय प्रेम दिनु भएको थियो । त्यो मैले बिर्सन सकेको छैन । हुन त ४६ वर्ष बितिसकेको छ । तर, अहिले पनि सम्झना उस्तै ताजा छ ।’

उनले आज पनि देशभरिका जनताले आफूलाई हेर्न चाहेको जस्तो भान भइरहेको बताए । 

‘यहाँबाट गएपछि म पार्टीमा पूर्णकालीन कार्यकर्ता बने, त्यसपछि पञ्चायतविरुद्ध आन्दोलन भयो । हामी संसद्मा गयौँ । त्यसपछि ठूलो युद्ध भयो, त्यसको नेतृत्व गर्ने दायित्व मैले प्राप्त गरे । त्यसपछि शान्तिप्रक्रिया भयो । संविधानसभाबाट संविधान प्राप्त भयो, गणतन्त्र, संघीयता, समावेशी प्राप्त भयो’, प्रचण्डले भने, ‘हुन त मलाई दुई पटक देशको प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्राप्त भयो । अहिले फेरि तपाईंहरूको बीचमा आएको छ । अहिले देशभरि घुम्दा मलाई सुन्न खोजेजस्तो, छुन खोजेजस्तो, हेर्न खोजेजस्तो अनुभूति हुन्छ । मलाई गोरखा १ बाटै नाम सिफारिस गरेर उम्मेदवार बन्न आग्रह गर्नु भएको हो, तर पार्टीभित्र सल्लाह गरेर म गोरखा २ बाट उम्मेदवार बनेको छु ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्