२० असार २०८३, शनिबार

बाँकेमा एक सय आठ मतदानस्थल अति-संवेदनशील

कात्तिक १२, २०७९
बाँकेमा एक सय आठ मतदानस्थल अति-संवेदनशील

बाँकेमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएकोे छ । जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन् । 

उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकामा एक सय आठवटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील  रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको  प्रमुख पन्तले बताइन् ।रासस
 

salt training

कमेन्ट गर्नुहोस्