२२ जेठ २०८३, शुक्रबार

मुस्लिम स्कूलको हिन्दू नाम राख्न माग

कात्तिक २०, २०७४
मुस्लिम स्कूलको हिन्दू नाम राख्न माग
काठमाडौं, २२ पुस -भारतको मुस्लिम बाहुल्य भएको एक गाउँको विद्यालयको नाम हिन्दू महिलाको नामबाट राख्न मुस्लिमहरुले माग गरेका छन् ।

भारत त्रिपुराको उनाकोटि जिल्लाको जुबराजनगर मुस्लिम बाहुल्य भएको गाउँ हो । उक्त गाउँमा मुस्लिम किशोरीहरु पढ्ने स्कूल रहेको छ जसको नाम हिन्दू महिलाको नामबाट राख्न माग गरिएको हो ।

जुबराजनगरका हिन्दू महिला सुमति सूत्राधारले सन् १९९९ मा आफ्ना पतिको मृत्युपछि आफ्नो जमिन शिक्षा विभागलाई दान दिएकी थिइन् । गत डिसेम्बर २९ मा उनको निधन भएको छ ।

उनले दान दिएको जग्गामा रहेको विद्यालयमा पछिल्ले १७ वर्षमा ५५० मुस्लिम किशोरहरुले अध्ययन गरेका छन् । सुमति सूत्राधर त्यही स्कूलमा रहेको एक सानो कोठामा बस्दै आएकी थिइन् ।

सुरुवाती दिनहरुमा उने दिएको जग्गालाई स्थानीयले विरोध गरेका थिए । तर अहिले भने स्थानिय मुसस्लिम समुदायका व्यक्तिहरुले विद्यालयको नाम परिवर्तन गरी सुमति सूत्राधारको नाम राख्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्