३० जेठ २०८३, शनिबार

कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् : मन्त्री पौडेल

कात्तिक १२, २०७९
कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई  अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् ।  शनिबार बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए । “कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्, केपी ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो,” उनले भने । 

उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए ।  “अब बन्ने गठबन्धनको सरकारले संविधानको मुल मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उनले भने, “राजनीतिक स्थायित्वको लागि गठबन्धनको सरकार बन्छ ।” उनले  बाँचुन्जेल बागलुङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्