२४ जेठ २०८३, आइतबार

एमालेकी उम्मेदवार जुली कुमारी महतो आयोगको स्पष्टीकरणमा

कात्तिक १२, २०७९
एमालेकी उम्मेदवार जुली कुमारी महतो आयोगको स्पष्टीकरणमा

निर्वाचन आयोगले धनुषा क्षेत्र नं ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकी जुली कुमारी महतोलाई स्पष्टीकरण सोधेको छ ।  तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो । 
उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्