![सन्दीपको बयान– ढोकामा चुकुल लगाउँदा मैले प्रतिवाद गरेँ, उनले ‘इट्स ओके, केही हुँदैन’ भनिन् [पूर्णपाठसहित ]](https://lktcdn2.prixacdn.net/media/Sandeep2_KantGA3n4Q.jpg)
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार आरोपको प्रतिवाद गर्दै बयान दिएका छन् । सरकारी वकिलसँग दिएको बयानमा लामिछानेले बलात्कारको आरोप लगाउने युवती गौशलाको होटलमा बेडमा सुतेको र आफू भने कुर्सीमै निदाएको दाबी गरेका छन् ।
बयानमा उनले भनेका छन्, ‘कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्रस ओके भन्दै जवाफ फर्काइन् ।’
युवतीको मन राखिदिनका लागि आफू उनीसँग नगरकोट गएको सन्दीपले बताएका छन् । नगरकोट जानुअघि दरबारमार्गमै कफी पिउने प्रस्ताव गरेको, तर युवतीले भने आफूलाई नगरकोटबाट देखिने दृश्य हेर्ने मन भएको भन्दै त्यसतर्फ जान दबाब दिएको सन्दीपले दाबी गरेका छन् ।
भक्तपुर पुगेपछि होस्टल फर्किन ढिलो हुनसक्ने भएकाले त्यहीबाट फर्कन युवतीलाई आग्रह गरेको तर, उनले होस्टलमा जतिबेला गए पनि हुने जवाफ दिएको सन्दीपले बताएका छन् ।
नगरकोटबाट फर्किएर कोटेश्वर आइपुग्दा होस्टल पुर्याउनको लागि सोध्दा भने युवतीले होस्टल बन्द भइसकेको र जान नमिल्ने जवाफ दिएको सन्दीपको बयानमा उल्लेख छ । त्यसपछि भने गौशालाको होटलमा गएको र दुई वटा कोठा लिन खोज्दा पनि युवतीले नै नदिएको सन्दीपले दाबी गरेका छन् ।
होटलको कोठमा पुगेपछि आफूले कुर्सीमा बसेर कुरा गरिरहँदा युवतीले नै ढोकामा चुकुल लगाएको पनि सन्दीपको दाबी छ । युवतीले चुकुल लगाउँदा ‘किन चुकुल लगाएको ?’ भनेर प्रश्न गर्दा युवतीले ‘इट्स ओके’ भन्दै केही हुँदैन भन्ने जवाफ दिएको सन्दीपले भनेका छन् ।
त्यसपछि युवतीले बेडमा आउन आग्रह गरेको तर, आफू भने कुर्सीमै बसेर गफ गर्दै गर्दा निदाएको दाबी सन्दीपको छ । आफू रातभर कुर्सीमा निदाएको र बिहान ब्यूझँदा युवती भने बेडमा निदाइरहेको अवस्थामा आफूले उठाएको सन्दीपले दाबी गरेका छन् ।
यस्तो छ सन्दीपले दिएको बयानको पूर्णपाठ :
मैले विगत ७ वर्षदेखि पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु । सन् २०१६ देखि निरन्तर रुपमा नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएको छु । सन् २०२१ डिसेम्बरदेखि नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टीमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिई टीमको नेतृत्व गर्दै आएको छु । त्यस्तैमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) र हाम्रो क्रिकेट टीमका खेलाडी देव खनालबीच एकापसमा चिनजान रहेछ । देव खनालले मसँग फोटो खिचेका थिए । सो फोटो निजले पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई स्न्याप च्याटमा पठाएका रहेछन । त्यसपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले मलाई स्न्याप च्याटमाfriend requestपठाइएकी थिइन् । मलाई मिति र समय याद भएन,पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) साथी रहेको कुरा पनि थाहा पाएपछिfriend request acceptगरेको थिएँ ।
निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले मलाई समय/समयमा स्न्याप च्याटमार्फत केही भिडियो र फोटो पठाउने गरेको र मैले त्यसको बदला सामान्य उत्तर दिने गरेको थिएँ । सोही क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईंकोfanहुँ,तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन् । मैले निजलाई जवाफमा अहिले मसँग भेट्नेtimeछैन,म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौंला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपाईंबाट केहीhelpचाहिएको हुँदा तपाईंलाई भेटी केही व्यक्तिगत कुराहरुshareगर्न मन छ भनेकोमा मैले के भयोhow can I help you ?भनी म्यासेज गर्दा होइन म भेटेरमात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठीकै छ,मलाई अहिले त फुर्सद छैन,फुर्सद मिल्यो भने भेटौला नि भनेको थिएँ ।
मिति २०७९/०५/०५ गते साँझ करिब १६ः००/१६ः१५ बजेको समयमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई मैले फोन गरेको थिएँ । कुराकानीकै बीचमा निजले फेरि पटक-पटक भेट्ने प्रस्ताव गरेकी थिइन् । मेरो केही मिटिङ पनि थियो र म व्यस्त पनि भएकोले मैले निजलाई म आज अलि व्यस्त छु,मेरो केही मिटिङहरु पनि छन् । आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठीक छ,तपाईं काम भ्याएर आउनु,म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन् । मेरो साँझ मिटिङ सकियो र मैले बेलुका करिब १९ः०० बजेतिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई फोन गरी तिमी कहाँ हो?म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ । निजले तपाईं होस्टेलतिर नआउनुस् होस्टेल नजिकैlittle Kathmandu restaurantछ । तपाईं त्यही कुरेर बस्नुस्,म त्यही आउँछु भनेकोले मlittle Kathmandu restaurantनजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ ।
त्यसकाे करिब २/३ मिनेटपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) त्यहाँ आइन् र सीधै मेरो गाडीको अगाडिको सीटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाईHello/Hiगरी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले आफूलाई बोलाएकोलेwhatÚs your plan ?भनी सोधेकोमा निजले मलाईlet’s go to nagarkotभनेकोमा मैले नगरकोट जान त सम्भव छैन,बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन,मैले आज बिहानदेखि नै नगरकोट जानेmoodबनाएको छु, letÚs go to nagarkotभनेकोमा मैले फेरि पनि आज सम्भव छैन,भोलि मgameखेल्न केन्या जानुपर्नेछ र त्यसका लागि तयारी पनि गर्नुपर्नेछ भन्दा निजले मलाई होइन,मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु,एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं ।
निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन । त्यही पनि मैले निजको चित्त नदुखोस् भनी गएको थिएँ । नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को बारेमा सोध्दा निजले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन् । बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ,फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ,फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होइन,मेरो होस्टेल बन्द हुँदैन,जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझकोViewअवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं ।
नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजान भएको कुरा बताएकी थिइन् । नगरकोट जाने क्रममा हामीबीच धेरैजसो कुरा क्रिकेट र मेरो संगीतको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौं। म प्रायः सो आफ्नोfamilyर साथीहरुसँग कहिलेकाहीं नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोटस्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतापनि हामी दुईजनाबीच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन ।
करिब २०ः३० बजेतिर हामी बोजिनी रिसोर्टमा संगीत सुन्दै हाँसीखुशीका साथ नगरकोट गएका थियौं । उक्त रिसोर्ट पुगिसकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केही समयमा खाजा अर्डर गरेका थियौं । हामी दुबै जनालाई संगीत मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई गीत गाउन धेरै नै मनपर्ने र मलाई गीत सुन्ने इच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केही गीत गाउँदै रमाइलो गरेका थियौं । केही समयपछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंकोviewहेरी रहेको थिएँ ।
त्यसैबीचमा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) मेरो पछाडि आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिइन् । त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन,ढिला भैसक्यो,रात पर्यो,तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन,यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुँदैन,तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ,फेरि हामी फर्किने गरी आएको,भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्नेछ,तिमी बुझ न भन्दा निजले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिएँ ।
त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गए । बिल तिरिसकेपछि हामी दुबै जना करीब २३ः०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टबाट हिँडेका थियौं । हामी बोजिनी रिसोर्टबाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठीक गर्नका लागि गाडीमा मीठो मीठो गीत लगाएँ । त्यसकाे केही छिनपछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३ः१५ बजेतिर हुनुपर्छ,मलाई निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन,त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्याइदिन्छु भन्दा कहाँ हुन्छ,यति राति भइसक्यो,होस्टेल बन्द भइसक्यो,होस्टेल खुल्दैन भन्न थालिन् । निजको त्यो कुरा सुनेर म एकछिन छक्क परें,अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होइनौ,अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोही क्रममा निजलाई एउटा फोन आएको थियो । तर,निजले फोन उठाइनन् र म्यासेजमार्फत आफ्नो साथीलाईHE DROPPED ME AT MY FRIEND’S PLACE AND I AM SAFE. I WILL COME TOMMOROW MORNINGभनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झूट बोलेको,भोलि कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दाDONÚT WORRY,फेरि पनि होस्टेल बाहिरबाट कोही कसैले फोन गर्यो भने म होस्टेलमा छु भन्छु र होस्टेलभित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु,चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् ।
निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिइन् । तर,उक्त कुरा झूटाे बोलेकी रहेछिन् भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईंसँग कुरा गर्नै पुगेको छैन,म आज तपाईंसँग जान्छु,तपाईंसँगै धेरै कुरा गर्नु छ र मेरा केही व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु,हायात होटलमा जाउँ,म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु,त्यही गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिंदै त्यहाँ सबै खेलाडीहरु हुन्छन,त्यसमाथि देव पनि त्यही हुन्छ भन्दै आनाकानी गर्न थालिन् । निज आनाकानी गरेको देखी,ठीकै छ नि त,म भोलि क्रिकेटका लागीिबाहिर जानु छ,अरु सबै खेलाडीहरु हायातमा बसेका छन,मलाई जसरी भए पनि पुग्नुपर्छ । म तिमीलाई मैले चिनेको र मलगायत अन्य खेलाडीहरु कहिलेकाहीं क्याम्पका लागि जानेHotel Kathmandu Innमा फोन गरी एउटा कोठा बुक गरीदिन्छु,म पनि एकछिन तिम्रो कुरा सुनेर जाउँला,बरु तिमीलाई होस्टेल सम्म पुर्याई दिनका लागि बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल Hotel Kathmandu Innमा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ ।Hotel Kathmandu Innमा पुगेपछि मैले निजलाई तिमी जाँदै गर,म गाडी पार्किङ गरेर आउँछु भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ ।
मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन्,त्यसपछि म त्यही कोठामा गएँ,कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई इन्फर्म गरें । त्यसपछि कोठाको ए.सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भनेअनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, it’s okभन्दै जवाफ फर्काइन् ।
मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्सीमा बसिरहें भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सीमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरोgirl friendरहेको र छिट्टै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ । त्यसपछि मैले तिम्रोबारेमा भन न त भन्दा मेरो घर नुवाकोट हो तर म वीरगञ्जमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद (divorce)भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बीचबीचमा विद्यालय परिवर्तन गर्दै अहिले पुन;काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको कुरा बताइन् ।
कुराकानीको क्रममा निज उदास देखिएकोले मैलेdon’t worryसब ठीक हुन्छ,दुःखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठीक नरहेकोले निजले मलाईsponsershipका लागि समेत कुरा गरेको रsponsershipले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठीकै छ,म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुशी देखी मलाई पनि खुशी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३ः४५/०४ः०० बज्यो । कुराकानीकै क्रममा निज आफैंले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिएँ,मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरासमेत गरेकी थिइन् ।
यो कुरा सुन्दा निजमाथि शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु,म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुर्याइदिन आउँछु भन्दा निजले तपाईं अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ,त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ,त्यो भन्दा बरु तपाईं यही बस्नुस्,हामी यही कुराकानी गरौँला भनी आग्रह गरिन् । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठीक लाग्यो,जाँदा आउँदा अझ ढिलो हुन्छ,त्यो भन्दा बरु अर्को कोठा लिन्छु,म त्यही सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्याइदिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ,तपाईं बरु यही बस्नुस्,हामी यही बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा हैन म यही ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् ।
मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजेalarmलगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजेalarmबजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्,मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमीbreakfastमा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईंलाई जान ढिलो हुन्छ,बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भर्याङबाट छिट्टै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडिदिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोही साँझ मलगायत मेरो क्रिकेट टीम भई केन्यातर्फ लागेका थियौं ।
केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममाbusyहुन्छु, gameमाfocusगर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नोbirth certificateसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानीमात्र गरी बसेका हौं ।