
तिहार र छठ पर्वको लामो बिदापछि खुलेको पुँजी बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ८७४ दशमलव ८७ प्रतिशत विन्दुमा पुगेको हो ।
सोमवार ६९ करोड ७३ लाख १७ हजार ६११ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच भएको छ ।
विकास बैंक समूहको उपसूचक १३ दशमलव ७ अंकले घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेका अनुसार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ४२ दशमलव ४८ अंकले बढेको छ । उत्पादन समूहको उपसूचक ३० दशमलव ७८, जीवन बीमा समूहको उपसूचक २५ दशमलव ४१ र निर्जीवन बीमा समूहको उपसूचक २३ दशमलव ५५ अंकले बढेको छ । बैंकिङ २० दशमलव ०९, व्यापार २० दशमलव १ र अन्य समूहको उपसूचक २० दशमलव ७५ अंकले बढेको छ ।
लघुवित्त समूहमा १४ दशमलव ८, वित्त समूहमा १२ दशमलव ६५, जलविद्युत् समूहमा एक दशमलव ९७ र म्युचुअल फन्ड ० दशमलव १ प्रतिशतले बढेको छ ।
कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ८ दशमलव १६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंकको शेयर सबैभन्दा धेरै ६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर संख्याको आधारमा भने प्रभू बैंक पहिलो नम्बरमा देखिएको छ । प्रभू बैंकको १ लाख ३१ हजार ७३१ कित्ता शेयर कारोबार भएको छ ।