१७ असार २०८३, बुधबार

रुपन्देहीलाई विकासको केन्द्र बनाउँछौँ : गृहमन्त्री खाण

कात्तिक १४, २०७९
रुपन्देहीलाई विकासको केन्द्र बनाउँछौँ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै कांग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने बताएका छन् ।
उनले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताए । खाणले रुपन्देहीको तीव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने जनाए । 

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले आज बुटवल–१७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरव वृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 

विसं २०४८ देखि रुपन्देहीवासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रस्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्