०२ असार २०८३, मंगलबार

एटीएम मेशिन तोडफोडमा संलग्न तीन युवक सीसीटिभी फुटेजका आधारमा पक्राउ

कात्तिक १५, २०७९
एटीएम मेशिन तोडफोडमा संलग्न तीन युवक सीसीटिभी फुटेजका आधारमा पक्राउ

ललितपुर उपमहानगरपालिका ६ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फुटाएको अभियोगमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी ३ घर भई ग्वार्को बस्ने ३१ वर्षका वसन्त तिवारी, नुवाकोट नै घर भई हाल सुन्धारामा बस्दै आएका २४ वर्षीय विजय तिवारी र सुनसरी धरान १५ घर भई हाल सुन्धारा बस्दै आएका ३५ वर्षीय अनिल राई रहेका छन् । 

उनीहरूले यही कात्तिक ४ गते कुमारीपाटीमा रहेको बैंकको एटीएम मेशिन तोडफोड गरी रकम चोर्ने प्रयास गरेका थिए । तर, उनीहरू रकम चोर्न भने असफल भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि फरार रहेका तीनै जनालाई सीसीटिभी फुटेजका आधारमा विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्