
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा पुल भाँचिदा घाइते भएकाहरूलाई भेट्न अस्पताल पुगेका छन् ।
उनले घाइतेलाई सिभिल अस्पतालमा गएर भेटेका हुन् ।
भारतीय जनता पार्टीका प्रवक्ता सम्वित पात्राले ट्वीटरमा मोदीले घाइतेलाई भेटेको तस्वीर शेयर गरेका छन् ।
आइतवार साँझ पुल भत्किँदा ठूलो संख्यामा नागरिकको मृत्यु भएको थियो ।
माननीय प्रधानमंत्री श्री @narendramodi जी ने मोरबी, गुजरात में हुए पुल हादसे के पीड़ितों से सिविल अस्पताल में जाकर मुलाकात की। pic.twitter.com/icjKttiRpc
— Sambit Patra (@sambitswaraj) November 1, 2022