३१ असार २०८३, बुधबार

अफगानिस्तानको जाबुल सडक दुर्घटनामा ३० जना घाइते

कात्तिक १५, २०७९
अफगानिस्तानको जाबुल सडक दुर्घटनामा ३० जना घाइते

दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तमा सोमबार ट्रकसँग कार ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन्। काबुल-कन्दाहार राजमार्गमा विवाह समारोहमा जाँदै गरेको माज्दा कार र ट्रक एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको खामा प्रेसले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेमा महिला र बालबालिका रहेका छन् जसलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ भने केहीको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाको कारण अझै पत्ता लागेको छैम।  असावधानीपूर्वक सवारी हकाइ र तीव्र गति अफगानिस्तानमा प्रायः दुर्घटनाहरूको कारण बन्ने गरेको छ । खराब डिजाइन गरिएका सडकहरू, सडक कटान, र ट्राफिक नियमहरूको अवज्ञाले अफगानिस्तानमा ट्राफिक दुर्घटनामा उल्लेखनीय वृद्धि हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्