०६ साउन २०८३, बुधबार

ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह

कात्तिक १५, २०७९
ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह

पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य सङ्घसहित देशका निजी क्षेत्रसँग सम्बद्ध सङ्घ/संस्थाहरूले आपत्ति जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । 

पोखरा उद्योग वाणिज्य सङ्घले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका लागि सङ्घका अध्यक्ष प्रजापतिको संयोजकत्वमा एक सय एक सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए । 

कमेन्ट गर्नुहोस्