२७ जेठ २०८३, बुधबार

बैज्ञानिकले बनाए जादुमयी ‘कट्टु’, जसले ढाड दुखाइलाई निर्मूल गर्छ

कात्तिक २०, २०७४
बैज्ञानिकले बनाए जादुमयी ‘कट्टु’, जसले ढाड दुखाइलाई निर्मूल गर्छ

यदि तपाई ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने तपाईका लागि खुसीको खबर छ । वैज्ञानिकहरुले एक यस्तो स्मार्ट तथा यान्त्रिक अन्तर बस्त्र (कट्टु) निर्माण गरेका छन्, जसलाई कम्मरभन्दा मुनिको भागमा लगाउँदा तपाईको ढाड दुख्ने समस्या छिनभरमै गायव हुने छ ।

अमेरिकाको भेन्डरविट विश्वविद्यालयका इन्जिनियरले बायोकेमिनिक्स तथा वेयरेवल उपायबाट यो अन्तर बस्त्र तयार गरेका हुन् । वेयरेवल उपाय स्मार्ट इलेक्ट्रिोनिक यन्त्रमा आधारित हुन्छ, जसलाई शरीरमा लगाउन सकिन्छ ।

वेयरेवल यन्त्रमा कपडाका दुई भाग हुन्छन् । जसको प्रयोग छाती तथा खुट्टाहरुमा गर्न सकिन्छ । यस्ता कपडा नाइलन, लाईक्रा, पोलिस्टर तथा अन्य प्रकारका धागोबाट बनेका हुन्छन् ।

यस्तो अन्तर बस्त्रका दुईटै भागमा कमरको बीचमा रहने गरी बलियो पट्टी हुन्छ । तल्लो भागमा प्राकृतिक रबरका केही टुक्रा हुन्छन् । यो यन्त्र यसरी बनाइएको छ कि कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको बेला यसको प्रयोग गर्न सक्छन् ।

यस यन्त्रलाई एक एपको माध्यमबाट पनि नियन्त्रण तथा परिचालन गर्न सकिन्छ । उक्त एप पनि शोधकर्ताको टोलीले नै बनाएको छ । ब्लुटुथको माध्यमबाट एपले कपडालाई नियन्त्रण गर्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्