१३ असार २०८३, शनिबार

नक्कली कागजात बनाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

कात्तिक १७, २०७९
नक्कली कागजात बनाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

जग्गाको किर्ते कागजात बनाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, वीरगन्ज १७ घर भई हाल वीरगन्ज–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी रहेका छन् । 

अन्सारीसमेतले काठमाडौं–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई ठगी गरेको प्रहरीको दाबी छ । उनीहरूले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रा. लि. नामक कम्पनी दर्ता गराई ४ करोड ५० लाख रकम लिई ठगी गरेको थिए । 

ठगी मुद्दामा फरार रहेका उनी बुधवार पक्राउ परेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्