
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाका प्रहरी नायब निरीक्षक देवकी लाल चौधरीलाई नियन्त्रणमा लिएको छ । धनुषाको जटहीस्थित सीमा प्रहरी चौकीमा कार्यरत चौधरीले एक जना सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिएको भेटिएपछि अख्तियारकाे टाेलीले नियन्त्रणमा लिएको हो ।
घुस लिने क्रममा चौधरीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । अहिले त्यहाँ स्थानीयहरूको भीडभाड बढेको छ । अख्तियारको टोलीले विस्तृत अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।