
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारमा एक वृद्धाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा ७ घर भई हाल कागेश्वरी मनोहरा ८ मा बसोबास गर्दै आएका ३५ वर्षीय विजय तामाङ भन्ने जयबहादुर तामाङ रहेका छन् ।
उनले गएराति सिन्धुपाल्चोक चौतारा ७ घर भई गोठाटारमा बस्दै आएकी ७० वर्षीया फूलमाया तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । प्रहरीले घटनास्थलबाटै तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले एक थान खुकुरी र एक थान चक्कुसहित उनलाई नियन्त्रणमा लिएको थियो ।
उक्त महिलाको शव पोष्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध ‘कर्तव्य ज्यान मुद्दा’ दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।