१० साउन २०८३, आइतबार

५५ वर्षपछि पनि भारतले पाठ पढ्न सकेन : चिनियाँ मिडिया

कात्तिक २०, २०७४
५५ वर्षपछि पनि भारतले पाठ पढ्न सकेन : चिनियाँ मिडिया

काठमाडौं, २४ साउन — सीमाका विषयमा भारत र चीनका बीच बढेको तनावमा चिनियाँ मिडियाले भारतको दोहोलो काढेका छन् ।


भारतीय सञ्चारमाध्यममा चीन चाहँदैन युद्ध भन्ने आशयका खबर छापिएका थिए ।

यसलाई प्रतिकार गर्दै चिनियाँ अखबार ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतीय सुरक्षा एजेन्सीहरू र मिडिया पनि चीनले कुनै सैन्य अभियान चलाउँदैन भनी ढुक्क भएको देखेर हामी छक्क परेका छौं । दिल्ली सबभन्दा खतम स्थितिका लागि तयार छैन तर भारतीयहरूलाई सबै राम्रै हुन्छ भनी भ्रम दिँदैछ ।’

लेखमा प्रश्न उठाइएको छ, ‘के भारतको सरकार चर्च हो ? के उनीहरू भारतीय जनतालाई एक साथ मन्त्र पढ्न लगाइरहेका छन् ? पचपन्न वर्षपछि पनि भारत एकदम सोझो छ । आधी शताब्दी गुज्रिसकेपनि यिनीहरूले पाठ पढेनन् ।’

लेखमा यस्तो पनि उल्लेख छ, ‘लडाईं भयो भने अमेरिकाले सहायता गर्ला र चीनमाथि मनोवैज्ञानिक दबाब देला भनी भारतीयहरू आश गरेर बसेका छन् । अमेरिका र चीनबीचको ठूलो शक्तिको खेलका बारेमा भारतलाई केही थाहै छैन । भारतीयहरू युद्धका बेलामा हिमालयमा स्पाइडरम्यान, ब्याटम्यान र क्याप्टेन अमेरिकाबाट सहायताको अपेक्षा लिएर बसेका छन् ।’

चीनले पाकिस्तानी अखबार द न्युज इन्टरनेसनलको खबरलाई पनि ठूलै स्थान दिएको छ । त्यसमा भारतले चीनसँग आत्मसमर्पण गर्दै डोक्लामबाट सेना हटाएको भनी लेखेको थियो ।

अखबारको दाबीअनुसार भारतले धेरैजसो सैनिक डोक्लामबाट हटाइसकेको छ र सीमामा ५० सैनिक मात्र बाँकी छन् ।

यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ताले पनि अगस्टको शुरुवातमा डोक्लाममा भारतीय सैनिकहरूको संख्या ४०० बाट घटेर ४८ पुगेको बताएका थिए । तर भारतीय अधिकारीहरूले यसको खण्डन गरेका थिए ।

भारतका सत्तारूढ भाजपा नेताहरूले चिनियाँ सामानको बहिष्कार गर्ने अपील गरेको विषयमा पनि चीनमा खुबै मजाक उडाइँदैछ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्