०५ साउन २०८३, मंगलबार

दार्चुला र बैतडीमा चुनावी सभामा सहभागी हुँदै देउवा

कात्तिक २३, २०७९
दार्चुला र बैतडीमा चुनावी सभामा सहभागी हुँदै देउवा

केही दिनदेखि सुदूरपश्चिममा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार दार्चुला र बैतडीमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । 

सोही सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ ।
  
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले बुधबार बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए। सोही दिन कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।  

कांग्रेस नेतृत्वको गठबन्धनले बैतडीको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले र दार्चुलाको प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई टिकट दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्