११ साउन २०८३, सोमबार

माधव नेपालको निर्देशनमा समाजवादी स्याङ्जाका अध्यक्षले निष्क्रिय गरे उम्मेदवारी

कात्तिक २३, २०७९
माधव नेपालको निर्देशनमा समाजवादी स्याङ्जाका अध्यक्षले निष्क्रिय गरे उम्मेदवारी
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । 

वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन् ।

गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आजैका मितिदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले बताएका छन् । 

स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसकातर्फबाट भोजराज अर्यालको उम्मेदवारी परेको छ । यो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मूख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

२०७४ को प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता विष्णु पौडेल र नेकपा एमालेका नेता मोहनप्रसाद रेग्मीबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको थियो । 

जसमा नेकपा एमालेका रेग्मी बिजयी भएका थिए । प्रदेशसभामा विजयी भएका रेग्मीले १६ हजार ६ सय १३ मत ल्याई विजयी भएका थिए । कांग्रेसका पौडेलले १३ हजार एक सय ४० मत प्राप्त गरेका थिए । यो प्रदेशमा ३१ हजार दुई हजार १३ मत खसेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्